Main News

चीनतर्फ नेपालको कुनै सीमा मिचिएको छैनः सरकार

हिमालय टिभी
२०७७ असार ११ गते १८:१६
चीनतर्फ नेपालको कुनै सीमा मिचिएको छैनः सरकार

११ असार, २०७७ काठमाडौं । सरकारले चीनतर्फ कुनै पनि ठाउँमा सीमा नमिचिएको स्पष्ट गरेको छ ।

चीनतर्फ पनि ठाउँठाउँमा सीमा अतिक्रमण भएको भन्दै परराष्ट्र मन्त्रालयले विभिन्न सञ्चार माध्यमा आएका समाचारमा कुनै सत्यता नभएको स्पष्ट गरेको छ ।

परराष्ट्रले आज निकालेको विज्ञप्तिमा अनुसार कृषि मन्त्रालयको प्रतिवेदनलाई आधार बनाएर समाचार प्रकाशित भए पनि त्यो कृषि मन्त्रालयले नै सीमा मिचिएको विषय सत्य नभएको स्पष्ट पारिसकेको छ ।

नेपाल र चीनबीच सीमा सन १९६१ अक्टोबर ५ मा भएको सन्धी अनुसार सीमा निर्धारण गरिएको र त्यसमा कुनै विवाद नभएको परराष्ट्रले उल्लेख गरेको छ ।

सीमामा कुनै समस्या आएमा नेपाल र चीनले आपसी सहमतिमा समाधान गरिने उल्लेख गदै भ्रामक समाचार सम्प्रेशण नगर्न र दुई देशको सम्बन्धमा कुनै खलल पर्ने काम नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *