Main News

नेपालमा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार १ सय ६२ पुग्यो

हिमालय टिभी
२०७७ असार ११ गते १८:११
नेपालमा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार १ सय ६२ पुग्यो

११ असार, २०७७ काठमाडौं । नेपालमा आज थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पछिल्लो पटक ६ हजार ५ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा ४९ जिल्लामा नयाँ संक्रमित भेटिएका छन् ।

आज सबैभन्दा बढी पाल्पामा १ सय २२ जना संक्रमित थपिएका छन् । पाल्पाका नयाँ संक्रमित मध्ये सबैभन्दा धेरै निस्दी गाउँपालिकाका ९३ जना छन् । तानसेन नगरपालिकामा पनि संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा आज ९ जना संक्रमित थपिएका छन् ।

उपत्यकाका तीन वटै जिल्लामा संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुरमा ४(४ तथा ललितपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो । कञ्चनपुरमा आज ६० संक्रमित थपिएका छन् । त्यहाँ हिजो पनि ८६ संक्रमित भेटिएका थिए ।

आज रौतहटमा ३८, दैलेखमा १९, बझाङमा १८, अछाम र सुर्खेतमा १३–१३ तथा डढेलधुरामा १२ संक्रमित थपिएका छन् । यस्तै धनुषा र तनहुँमा ९–९, सप्तरी, नवलपरासी र बाजुरामा ८–८, प्युठान र रुपन्देहीमा ७–७, म्याग्दी, वर्दिया र सुनसरीमा ६–६ तथा महोत्तरी र सर्लाहीमा ५–५ नयाँ संक्रमित भेटिएका छन् ।

यसैगरी बाँकेमा ४, कैलाली, ताप्लेजुङ, कालिकोट र वैतडीमा ३–३, बाग्लुङ, सिरहा, धादिङ, इलाम, जुम्ला, लमजुङ, रामेछाप, गोरखा र ओखलढुंगामा २२ संक्रमित थपिएका छन् । आज खोटाङ, सल्यान, मोरङ, स्याङजा, रुकुम पुर्व, दाङ, गुल्मी, कास्की, दार्चुला, झापा, बारा र डोल्पामा पनि संक्रमित भेटिएका छन् ।

पछिल्लो पटक देशका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट ३ सय १२ संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या २६ सय ५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *