Main News

सर्वोच्चद्वारा संघीय संसदमा हिन्दीमा बोल्नुको कारण माग

हिमालय टिभी
२०७७ असार ११ गते १८:०६
सर्वोच्चद्वारा संघीय संसदमा हिन्दीमा बोल्नुको कारण माग

११ असार, २०७७ काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्माक हिन्दी भाषा बोल्नुको कारण मागेको छ ।

सर्वोच्च अदालतले संसदमा हिन्दी बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई आदेश दिएको हो ।

अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले संसद्माग नेपाली भाषा बोल्न विधायकलाई किन नलगाएको भन्दै कारण समेत मागेको छ ।

सर्वोच्च अदालतले निवेदकको माग अनुसार अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ । प्रतिनिधि सभामा सांसद सरिता गिरीसहित कतियय सांसदले हिन्दी भाषामा सपथ लिएको र बोलेको विषयमा संसद भित्र र बाहिर विरोध भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *