खेलकूद

लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि नजिक

हिमालय टिभी
२०७७ असार ११ गते ७:५१
लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि नजिक

११ असार, २०७७ काठमाडौं । क्रिस्टल प्यालेसलाई ४–० ले हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले खेलको सुरुवातदेखि नै क्रस्टल प्यालेसमाथि दबाब बनाएको थियो । लिभरपुलले खेलको २३ औं मिनेटमा नै अग्रता लियो ।

ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा लिभरपुलले अग्रता दोब्बर पार्यो । मिडफिल्डर फाबिन्होको पासमा मोहमद सलाहले गोल गरे ।

जारी सिजनमा सलाहको घरेलु मैदानमा गरेको यो १५ औं गोल हो । पहिलो हाफमा २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्यो । ५५ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुलको अन्तर तीन शुन्यमा पुर्याए । ६९ औं मिनेटमा लिभरपुलले चौथो गोल थप्यो ।

यो जितपछि लिभरपुल उपाधिको निकै नजिक पुगेको छ । लिभरपुलले अर्को खेल म्यानचेस्टर सिटीसँग खेल्नेछ । यद्यपि त्यसअघि सिटीले चेल्सीको सामना गर्नेछ । सिटीले उक्त खेलमा हार बेहोरे लिभरपुल च्याम्पियन बन्नेछ ।

अंक तालिकामा लिभरपुलले ३१ खेलमा ८६ अंक जोडेको छ । हिजै भएको खेलमा एन्थोनी मार्सलको ह्याट्रिकमा म्यानचेस्टर युनाईटेडले सैफिल्ड युनाईटेडलाई ३(० ले हरायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्