समाज

परीक्षण नभएपछि क्वारन्टिनमै आन्दोलन, क्वारन्टिन छाड्ने चेतावनी (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १० गते २०:११
परीक्षण नभएपछि क्वारन्टिनमै आन्दोलन, क्वारन्टिन छाड्ने चेतावनी (भिडियोसहित)

१० असार, २०७७ दाङ । सरकारले परीक्षणको दर बढाएको बताउँदै आए पनि क्वारन्टिनमा बसेकाहरुको एक महिनामा पनि परीक्षण भएको छैन । जसका कारण दाङ्गका क्वारन्टिनमा बसेकाहरु आक्रोशित भएर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले तत्काल रिपोर्ट नआए क्वारन्टिन छाड्ने चेतावनी पनि दिएका छन् ।

दाङका विभिन्न स्थानीय तहले बनाएका क्वारन्टिनमा झण्डै ४ हजार जना छन् । उनीहरुले मध्ये धेरै जसोको कोरोना परीक्षणका लागि नमूना नै संकलन हुन सकेको छैन । नमुना संकलन भएकाहरुको पनि एक महिनासम्ममा रिपोर्ट आएको छैन ।

दाङका विभिन्न स्थानीय तहले बनाएका क्वारन्टिनमा झण्डै ४ हजार जना छन् । उनीहरुले मध्ये धेरै जसोको कोरोना परीक्षणका लागि नमूना नै संकलन हुन सकेको छैन । नमुना संकलन भएकाहरुको पनि एक महिनासम्ममा रिपोर्ट आएको छैन ।

क्वारन्टिनमा नै विरामी हुँदा पनि उनीहरुले उपचार पाएका छन् । ज्वरो आयो, टाउको दुख्यो र पेट दुख्यो भन्नेले नाटक गरेको आरोप खेप्नु परेको छ ।

जसका कारण क्वारन्टिनमा बस्नेहरु आन्दोलित भएका छन् । र उनीहरुले क्वारन्टिनमा नै नबस्ने चेतावनी दिएका छन् ।

क्वारन्टिनमा मान्छे थपिँदै छन् । अहिलेसम्म आफू सुरक्षित रहे पनि अब क्वारन्टिनमा नै संक्रमणको जोखिम बढेकाले पनि छिटो भन्दा छिटो परीक्षण हुनु पर्ने उनीहरुको माग छ ।

क्वारन्टिनबाट निस्केर उनीहरु रिपोर्ट माग्दै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म पुगे । तर पनि उनीहरुले रिपोर्ट पाएका छैनन् । प्रतिष्ठानमा कोरोना परीक्षण गर्ने एउटा मात्र मेसिन छ । यहाँ दाङ्गका साथै छिमेकी जिल्ला र कर्णाली प्रदेशबाट पनि कोरोना परीक्षणका लागि नमूना ल्याइन्छ । जसले गर्दा प्रतिष्ठानले आएका सबै नमूना परीक्षण गरेर रिपोर्ट दिन सकेको छैन ।

दाङमा कोरोना संक्रमण दिनदिनै बढिरहेको छ । तर त्यस अनुसार परीक्षण बढ्न सकेको छैन । त्यसैले क्वारन्टिनमा बसेकाहरुले परीक्षण बिना नै घर जाने चेतावनी दिइरहेका छन् । यदी उनीहरु परीक्षण नै नगरी घर पुगे कोरोना समुदायमा पनि फैलने जोखिम बढ्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *