राजनीति

नेपाली महिलासँग विवाह गर्ने विदेशीलाई पनि नागरिकता दिन सभापति देउवाको माग

हिमालय टिभी
२०७७ असार १० गते १८:०२
नेपाली महिलासँग विवाह गर्ने विदेशीलाई पनि नागरिकता दिन सभापति देउवाको माग

१० असार, २०७७ काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकता दिँदा महिला र पुरुषबीच विभेदको रेखा कोर्न नहुनेमा जोड दिएका छन् ।

नेपाली महिलासँग विवाह गरेका विदेशी पुरुषलाई पनि नागरिकता दिनुपर्ने देउवाको माग छ ।

‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउने तर नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिंगको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु ।’

संविधानले महिला र पुरुषबीच समानताको सुनिश्चित गरेको तथा छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य नहुने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्