Main News

नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्सी जलायो

हिमालय टिभी
२०७७ असार १० गते १४:५६
नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्सी जलायो

१० असार, २०७७ काठमाडौं । नेपाली कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् ।

नेविसंघ आवद्ध विद्यार्थीको टोलीले उपकुलपतिको कुर्सी सडकमा निकालेर जलाएको त्रिविका रजिस्टार पेशल दाहालले जानकारी दिनुभयो ।

नेविसंघले त्रिविका उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ । त्रिवि अन्तर्गतका विभिन्न संकायका डीन र क्याम्पस प्रमुखमा नेकपा समर्थकमात्रै नियुक्त गरेको भन्दै नेविसंघले विरोध जनाएको छ ।

आफुहरु तालावन्दी गर्न जाँदा दुर्व्यवहार गरिएपछि कुर्सी जलाएको नेविसंघका नेताले दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *