Political Hightlights

प्रतिपक्षीको अवरोधका कारण सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

हिमालय टिभी
२०७७ असार १० गते १४:१२
प्रतिपक्षीको अवरोधका कारण सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

१० असार, २०७७ काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्ष दलले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् ।

संभावित कोरोना संक्रमितलाई पीसीआर जाँचबिना नै घर पठाएको र प्रदेश सरकारले एकलौटी रुपमा काम गरेको भन्दै विपक्षी दलले बैठक अवरुद्ध गरेका हुन् ।

विपक्षी दल मात्र हैन, सत्तारुढ दलका सांसदले पनि कोरोना संक्रमणको रोकथाममा प्रदेश सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

तर प्रदेश सरकारले भने विपक्षी र सत्तापक्षका सांसदको भनाइको खण्डन गरेको छ । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि राम्रो काम गरेको प्रदेश मन्त्रीको दावी छ ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा झण्डै ५६ करोड बजेट खर्च गरेको छ । तर पनि अझै केहि स्थानीय तहले प्रदेश सरकारबाट कोरोना रोकथामका लागि कुनै सहयोग नपाएको गुनासो गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्