अन्तर्वार्ता

सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिनु सही होः डा. शिवजी यादव, नेता, जनता समाजवादी पार्टी

हिमालय टिभी
२०७७ असार १० गते १२:४७
सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिनु सही होः डा. शिवजी यादव, नेता, जनता समाजवादी पार्टी

१० असार, २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. शिवजी यादवले नागरिकताको विषयमा भइरहेको विरोध राजनीतिक स्वार्थ मात्रै भएको बताउनु भएको छ ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै डा. यादवले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले ७ वर्षपछि अंगीकृत नागरिकता पाउने प्रावधान गलत नभएको दावी गर्नुभयो ।

अहिले संसदीय समितिले विधेयक पारित गरेपछि प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टीले विरोध गर्नु मधेशको भोटको राजनीति मात्रै रहेको उहाँको मत छ । साथै उहाँले कांग्रेसले यो समयमा आएर गरेको गरेको विरोध आगामी निवार्चनको हतियार मात्र भएको बताउनु भयो ।

अहिले कांग्रेसले जेसुकै भनेर फरक मत राखेपनि यो नागरिकता विधेयक कांग्रेसकै सहयोगमा पारित भएको उहाँको आरोप छ ।

त्यसैले कारोनाको संकटमा कुनै पनि पार्टीले यो वा त्यो बाहनमा गर्ने आन्दोलन गलत भएको बताउनुभयो । उहाँले नागरिकताको सवालमा पनि यदि गलत भए आगामी निर्वाचनमा जनताले फैसला गर्ने भएकाले आन्दोल नगर्न सबैमा आग्रहसमेत गर्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्