Main News

विवादकाबीच नागरिकता विधेयक प्रतिनिधिसभामा पेश

हिमालय टिभी
२०७७ असार ९ गते १८:३५
विवादकाबीच नागरिकता विधेयक प्रतिनिधिसभामा पेश

९ असार, २०७७ काठमाडौं । संसदीय समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक झण्डै २ बर्ष पछि प्रतिवेदनसहित प्रतिनिधिसभामा पेश गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभएको हो ।

दफावार छलफलका लागि पाएको २२ महिनापछि समितिले बहुमतका आधारमा तीन दिन अघि विधेयक पारित गरेको थियो ।

नेपाली पुरुष संग विहे गर्ने विदेशी महिलाले ७ बर्ष पछि अंगिकृत नागरिकता पाउने प्रावधान राखेर समितिले विधेयक पारित गरेपछि प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टीले विरोध गर्दै आएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *