Main News

नेपालमा थप ५३८ कोरोना संक्रमित फेला, संक्रमितको संख्या १० हजार नाघ्यो

हिमालय टिभी
२०७७ असार ९ गते १६:४४
नेपालमा थप ५३८ कोरोना संक्रमित फेला, संक्रमितको संख्या १० हजार नाघ्यो

९ असार, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आज ५ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । संक्रमितको संख्या बढे पनि पिसिआर परीक्षण भने आज घटेको छ ।

गत २४ घण्टामा जम्मा ४ हजार ९ सय ९५ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक सबैभन्दा बढी प्रदेश ५ का पहाडी जिल्लामा संक्रमित थपिएका छन् । सबैभन्दा बढी प्युठानमा ५० र पाल्पामा ३८ नयाँ संक्रमित भेटिएका छन् ।

यस्तै धनुषामा ३९, कैलालीमा ३८, गोरखामा २९, सुर्खेतमा २३ तथा सप्तरी, स्याङजा, बझाङ, पर्वत र नवलपरासी पुर्वमा २२-२२ संक्रमति थपिएका छन् । यस्तै बाजुरामा २०, दाङमा १९, धादिङमा १८, कञ्चनपुरमा १७, बाग्लुङमा १४, रौतहटमा १३ तथा झापा र महोत्तरीमा १२–१२ नयाँ संक्रमित भेटिएका छन् ।

कास्की र तनुहँमा ८–८, अछाम र सिरहामा ७–७, गुल्मी र लमजुङमा ५–५, डढेलधुरा र सल्यानमा ४(४, सुनसरी र रुपन्देहीमा ३–३, अर्घाखाँची, मोरङ, तेह्रथुम र सर्लाहीमा २–२ तथा हुम्ला र कालिकोटमा १–१ संक्रमित थपिएका छन् ।

पछिल्लो पटक थप ७६ जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या २२ सय २४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति नयाँ संक्रमित ?
प्युठान-५०
पाल्पा-४८
धनुषा-३९
कैलाली-३८
गाेरखा-२९
सुर्खेत-२३
दैलेख-२२
सप्तरी-२२
स्याङ्जा-२२
बझाङ-२२
पर्वत-२२
नवलपरासी पूर्व-२२
बाजुरा-२०
दाङ-१९
धादिङ-१८
कञ्चनपुर-१७
बाग्लुङ-१४
राैतहट-१३
झापा-१२
महाेत्तरी-१२
कास्की-८
तनहुँ-८
अछाम-७
सिरहा-७
गुल्मी-५
लमजुङ-५
डढेलधुरा-४
सल्यान-४
सुनसरी-३
रुपन्देही-३
अर्घाखाँची-२
माेरङ-२
तेह्रथुम-२
सर्लाही-२
हुम्ला-१
कालिकाेट-१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *