राजनीति

नेकपा सांसदको प्रश्नः नेपाल आफ्नै खुट्टामा उभिन खोज्दा कांग्रेसलाई किन आपत्ति ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ९ गते १२:५५
नेकपा सांसदको प्रश्नः नेपाल आफ्नै खुट्टामा उभिन खोज्दा कांग्रेसलाई किन आपत्ति ? (भिडियोसहित)

९ असार, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले अंगीकृत नागरिकता सम्बन्धी नयाँ व्यवस्थाले राजनीतिक दुर्घटना हुने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको चेतावनीको प्रतिवाद गरेको छ ।

राष्ट्रियसभाको बैठकमा नेकपा सांसद वेदुराम भुसालले धम्कीपूर्ण भाषा प्रयोग गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

आइतबारको कांग्रेस सांसद जितेन्द्रनारायण देवले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्ष नेपालमा स्थायी बसोबास गरेपछि अंगीकृत नागरिकता दिने प्रस्तावको विरोध गर्दै नेपाललाइृ चीनको झोलामा लैजान खोजेको र राजनीतिक दुर्घटना हुने चेतावनी दिनुभएको थियो।

तर नेकपा सांसद भुसालले त्यसको कडा प्रतिवाद गर्नुभयो । कांग्रेसको धारणालाई उहाँले नेपाललाई सधैं भारतको चंगुलमा राख्ने प्रयास भन्नुभयो ।

कांग्रेसले राजनीतिक दुर्घटना निम्तने चेतावनी दिएकोमा पनि नेकपाको आपत्ति छ । अंगीकृत नागरिकता नपाउँदासम्म स्थायी अवासीय अनुमति दिने व्यवस्था गरिएपछि सांस्कृतिक अधिकारमाथि कसरी आक्रमण हुन्छ भनेर उहाँले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्