Main News

पाल्पा पहिरोमा परिएर मृत्यु हुनेको संख्या तीन पुग्यो

हिमालय टिभी
२०७७ असार ९ गते ७:३७
पाल्पा पहिरोमा परिएर मृत्यु हुनेको संख्या तीन पुग्यो

९ असार, २०७७ पाल्पा । पाल्पामा पहिरोले गाडी बगाउँदा तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

पाल्पाबाट गुल्मीका लागि छुटेका कार, ट्रक र मिनि ट्रक पाल्पा गुल्मी सडकखण्डमा पर्ने तानसेन नगरपालिका वडा नम्वर ११ मा पहिरोले बगाउँदा तीन जना पुरुषको मृत्यु भएको हो ।

मृतकको सनाखत हुन सकेको छैन । घटनामा गम्भिर घाइते अवस्थामा उद्दार गरिएका एक पुरुषको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले अगाडिको सडक अवरुद्ध भएकाले रोकिएर रहेका मिनी ट्रक र ट्यांकरलाई पुनः खसेको पहिरोले बगाएको हो । पहिरोमा अरु पनि पुरिएको हुन सक्ने आशंकामा प्रहरी विहानैदेखि उद्धारमा जुट्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *