समाज

विरानो बन्दै चौतारा निर्माण गर्ने चलन, मेटिँदै ऐतिहासिक संस्कृति (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ८ गते १७:४०
विरानो बन्दै चौतारा निर्माण गर्ने चलन, मेटिँदै ऐतिहासिक संस्कृति (भिडियोसहित)

८ असार, २०७७ भोजपुर । दिवंगत व्यक्तिको सम्झनामा बनाइने ढुंगे चौतारा हिजो आज विरानो बन्दै गएका छन । विकासको नाममा गाउँगाउँमा सडक सञ्जाल जोडिने क्रम बढेसँगै चौताराको अस्तित्व संकटमा परेको हो । तर गाउँघरमा यस्ता चौतारोको ऐतिहासिक महत्व भने अझै छ ।

दिवंगत भएका मानिसको सम्झनामा उसको वंशावली ईतिहास कुँदेर बनाईने चौताराले गाउँघरमा निकै महत्व राख्छन् । दशक पहिलेसम्म जिल्लाका हरेक गाउँमा ४० मिटरको दुरीमा चौतारा भेटिन्थे ।

गाउँले घाँस–दाउरा, गोठाला, मेलापातबाट फर्कँदा भारी बिसाएर सुस्ताउँथे । तर विकासको नाममा जताततै डोजर चल्न थालेपछि ती चौताराको नामनिशान हराएको छ ।

किराँती मुन्दुमी संस्कृतिमा विशेष महत्व राख्ने चौतारालाई किँरात राई वान्तावा भाषामा ‘ठेट्वालुङ’ भनिन्छ । प्राचिन किँराती बंशावलीमध्ये खाँबु नाम गरेको व्यक्तिबाट चौतारा संस्कारको विकास भएको संस्कृतविद्को भनाइ छ ।

विकासले फड्को मारेसँगै गाउँघरका पुराना सम्पदा मासिने क्रम चलेको छ । गाउँघरको मौलिकता कायमै राख्न यस्ता चौताराको संरक्षण गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *