Main News

डब्ल्युएचओको नेपालले भन्यो– महामारी टरेको छैन उच्च सतर्कता अपनाऔं (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ८ गते १५:१९
डब्ल्युएचओको नेपालले भन्यो– महामारी टरेको छैन उच्च सतर्कता अपनाऔं (भिडियोसहित)

८ असार, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अपिल गर्नुभएको हो ।

लकडाउन खुकुलो बनाएसंगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय संञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उहाँले त्यसक्रममा सबैले आआफ्नोतर्फबाट थप सतर्क हुनु जरुरी रहेको बताउनुभयो ।

उहाँले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले मानिसहरुको भीडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “लकडाउन हामी सबैका लागि गाह्रो कुरा थियो । घर मै बस्नु प¥यो । साथी भाईलाई भेट्न पाइएन । काममा जान पाइएन । अहिले लकडाउन केही हदसम्म खुकुलो भएको छ र हामी वरपर जान पाएका छौ । काममा जान पाएका छौ । नातेदार परिवारहरुलाई भट्न जान पाइरहेका छौ । तर हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझै पनि गइसकेको छैन । महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौ तसर्थ हामी अलि होसियार हुनु जरुरी छ । हामीले आफैले केही कदमहरु चाल्नु जरुरी छ । ताकी यो संक्रमणलाई नियन्त्रण गर्न सकियोस् । हामीले चाल्न सक्ने कदमहरु भनेको एक अर्कासँग भौतिक दुरी कायम गर्ने, मास्क लगाउने । कपडा कै भए पनि हुन्छ । विशेष गरी धेरै मानिसहरु भएको अवस्थामा अनिवार्य रुपमा मास्क लगाउने ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टरभ्यान्डेलरले भन्नु भएको छ–त्यसैगरी साबुन पानीले बारम्बार हात धुने किनभने संक्रमित व्यक्तिलाई तपाईले छुनु भएको छ भने त्यो हातमा सर्छ र तपाईको हातले मुखलाई, नाकलाई छुँदा त्यहाँबाट भाइरस तपाईको शरीरमा प्रवेश गर्छ । त्यसैगरी खोक्दा मुख छोप्ने । साथै ज्वरो, खोकी वा कुनै पनि किसिमको बिसन्चो भयो भने तुरुन्तै स्वास्थ्यकर्मीलाई देखाउने । यी कुराहरु तपाईहरुले गर्नुभयो भने भाइरस थप फैलिन पाउँदैन र भाइरस मर्छ । भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय थियो भने अबको अर्को उपाय भनेको हामीले यी नियमहरु पलना गर्नु नै हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *