Main News

भारत–चीन सीमा क्षेत्रमा तनाव बढेसँगै घरविदा आएका गोर्खा सैनिकलाई फर्कन भारतको ताकेता

हिमालय टिभी
२०७७ असार ८ गते १२:५१
भारत–चीन सीमा क्षेत्रमा तनाव बढेसँगै घरविदा आएका गोर्खा सैनिकलाई फर्कन भारतको ताकेता

८ असार, २०७७, रुपन्देही । भारत र चीनबीचमा सीमा क्षेत्रमा तनाव बढ्दै गएपछि विदामा आएका गोर्खा रेजिमेन्टका सैनिकलाई भारतले बोलाउन थालेको छ ।

लकडाउनअघि नै घरविदामा स्वदेश आएका गोर्खा रेजिमेन्टका सैनिक लकडाउनका कारण अड्किए पनि भारतले पल्टनमा अहिले तत्काल हाजिर हुन निर्देशन दिएको छ । सोही निर्देशनलाई पालना गर्दै गोर्खाली सैनिक रुपन्देहीको बेलहिया नाका हुँदै पल्टन जान थालेका छन् ।

भारतमा बढ्दो संक्रमण र लकडाउनका कारण लामो समयदेखि विदा सकिएर बसे पनि भारतले उनीहरुलाई बोलाएको थिएन । घर विदामा आएका गोर्खा रेजिमेन्टका सैनिकका अनुसार पल्टनमा बोलाउनका लागि दुई विधि अपनाइएको छ। पहिलो तत्काल हाजिर हुने र दोस्रो तयारी अवस्थामा बस्ने र बोलाएको बखत हाजिर हुने भनिएको भारत हिडेका सैनिकले बताएका छन ।

भारतको लद्दाखमा चीनसँग विवाद उत्पन्न र हिंसात्मक झडपमा सैनिक मारिएपछि सैनिकलाई पल्टनमा तत्काल हाजिर हुन निर्देशन आउन थालेको छ । चीनसँग सीमामा हिंसात्मक झडप भएपछि पल्टन बोलाउन थालिएको घर विदामा रहेका अधिकांश गोर्खा सैनिकको अनुमान छ।

पल्टन फर्किन लागेको अवस्थामा नाकामा भेटिएका अधिकांश सैनिकले खुलेर बोल्न चाहँदैनन् । रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले विगत केही दिनयता गोर्खा रेजिमेन्टका सैनिक भारत जाने क्रम बढेको जानकारी दिनुभयो । दैनिक रुपमा यो नाका हुँदै २० जनाभन्दा बढी सैनिक भारत गइरहेका उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *