Main News

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५४० पुगे

हिमालय टिभी
२०७७ असार ८ गते ७:५८
गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५४० पुगे

८ असार, २०७७, कास्की । गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

आज स्याङ्जामा १२ र नवलपुरमा ८ जना संक्रमित फेला परेका हुन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु ६ वर्षका एक र सात वर्षका तीन बालकहरु समेत संक्रमित भएका छन् । यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिकामा १४ र १८ वर्षका दुई जना युवामा पनि कोरोना पुष्टि भएको छ ।

यसैगरी नवलपुरको बौदिकाली गाउँपालिकामा ८ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरु १८ वर्षदेखि ५० वर्ष उमेर समूहका छन् ।

उनीहरु सबै भारतबाट फर्किएका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

सबै जना सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका र सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५ सय ४० पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *