Main News

सुदूरपश्चिम प्रदेशमा कोरोना रोकथाप, उपचार र व्यवस्थापनमा ५७ करोड ४८ लाख खर्च

हिमालय टिभी
२०७७ असार ८ गते ७:४३
सुदूरपश्चिम प्रदेशमा कोरोना रोकथाप, उपचार र व्यवस्थापनमा ५७ करोड ४८ लाख खर्च

८ असार, २०७७ सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारले कोभिड–१९ को रोकथाम, उपचार, व्यवस्थापनलगायतका काममा आजसम्म ५७ करोड ४८ लाख खर्च भएको जनाएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कोरोना भाइरसको रोकथाम उपचार र व्यवस्थापनका लागि खडा गरिएको कोषबाट ४२ करोड ४८ लाख र प्रदेश सरकारको थप १५ करोड कोभिड–१९ को उपचार रोकथाम र व्यवस्थापनका लागि खर्च भएको जानकारी दिनुभयो ।

कोभिड–१९ को शुरुको चरणमा प्रदेशका स्थानीय तह धनगढी उपमहानगरपालिकालाई पाँच लाख, ३३ नगरपालिकालाई चार लाख र ५४ गाउँपालिकालाई तीन लाखका दरले रकम उपलब्ध गराइएकामा दोस्रो चरणमा राहत वितरण गर्न १५ करोड २६ लाख र तेस्रो चरणमा केही दिनअघि मात्र क्वारेन्टिन र आइसोलेशनको व्यवस्थापन गर्नका लागि छ करोड बजेट उपलब्ध गराइएको मन्त्री शाहले बताउनुभयो ।

यस्तै कोरोना भाइरस रोकथाम र व्यवस्थापनकै लागि प्रदेशको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रशासन र राष्ट्रिय अनुसन्धानलाई समेत गरी एक करोड ५० लाख रकम उपलब्ध गराइएको छ ।

भेन्टिलेटर र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री खरिदलगायतका काममा २० करोड खर्च भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *