आर्थिक

भारतीय अवरोधका कारण पूर्वी नाकाबाट नेपाली वस्तु निर्यात अलपत्र

हिमालय टिभी
२०७७ असार ८ गते ७:३६
भारतीय अवरोधका कारण पूर्वी नाकाबाट नेपाली वस्तु निर्यात अलपत्र

८ असार, २०७७ काँकडभिट्टा । भारतको अवरोधका कारण पूर्वी नाका काँकडभिट्टाबाट निर्यात हुने नेपाली वस्तु अलपत्र परेका छन् ।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार भारतीय सीमामा तैनाथ पश्चिम बङ्गाल प्रहरी र अर्धसैन्य बल एसएसबीको अवरोधका कारण नेपाली ट्रक बिहीबारदेखि मेची पुलमै रोकिएका हुन् ।

२० वटा ट्रकमा नेपाली चिया र अलैँची रहेको र ती ट्रक मेची पुलमा चार दिनदेखि अलपत्र परेका छन् । ती वस्तु भारतको सिलगढी पठाइएको नेपाली व्यापारीले बताएका छन् ।

कोरोना महामारीको अवस्थामा समेत काँकडभिट्टा नाका खुला रहँदै आएको छ । भारतबाट जुनसुकै सामान पनि नेपाली नाका पार गरेर आउने गरेका छन् तर भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले कोरोनाको बहानामा सीमावर्ती पानी ट्याङ्की नाकामा नेपाली सामानलाई एकतर्फी रुपमा रोक्दै आएको छ ।

गएको बिहीबार नेपालबाट कृषि वस्तु बोकेका २३ गाडी भारततर्फ गएका थिए । जसमध्ये दुई गाडी अलैँची र एक गाडी अम्रिसो भने भारतीय प्रहरीले लैजान दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *