Main News

नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित स‌ंख्या ९०२६ पुग्यो

हिमालय टिभी
२०७७ असार ७ गते १६:३२
नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित स‌ंख्या ९०२६ पुग्यो

७ असार, २०७७ काठमाडौं । नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । आज थपिएका ४२१ सहित नेपालमा संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार सात सय ७२ पुगेको छ । हालसम्म देशका ७५ जिल्लामा संक्रमण देखिएको छ।

थप एक जनाको मृत्यु
नेपालमा थप एक जनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ

यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पक्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रलायका प्रवक्ता डाक्टर जागेश्वर देवकोटाले गुल्मी छत्रकोटका थप एक जनाको संक्रमणका कारण ज्यान गएको बताउनु भयो

गुल्मीका यी पुरुषको पनि मृत्युपछि कोरोना पुष्टि भएको हो । असार ४ गते दिउसो आरडीटी परिक्षण गर्दा पोजेटिव रिपोर्ट आए पछि उनको त्यै दिन पिसिआरका लागि स्वाब संकलन गरिएको थियो । उनको चार गते राति नै मृत्यु भए पनि कोरोनाको रिपोर्ट भने मृत्युको ३ दिनपछि बल्ल आज आएको हो ।


परीक्षणको स्थिति
आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालाबाट ६ हजार ८ जनासँगै आइतबारसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जनाको कोरोना परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट २ लाख ६२ हजार १ सय ७४ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन् । देशका विभिन्न अस्पतालमा ७ हजार २ सय ३१ जना उपचाररत रहेका छन् । कोरोना निको भएर घर फर्किनेहरुको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।
कहाँ कति नयाँ संक्रमित ?
अर्घाखाँची ७६
सिरहा ५२
डडेल्धुरा ४४
डोटी २७
कैलाली २७
कपिलवस्तु २५
बागलुङ २३
नवलपरासी पश्चिम २२
प्युठान २०
स्याङजा १०
दाङ १०
धनुषा ८
गुल्मी ७
झापा ६
सल्यान ६
सर्लाही ५
उदयपुर ५
तनहुँ ४
म्याग्दी ४
रोल्पा ४
बारा ३
नुवाकोट १
रामेछाप १
रुपन्देही २
नवलपरासी पूर्व २
मोरङ २
सुनसरी २
महोत्तरी २
सप्तरी २
पर्वत २
पाल्पा २
बर्दिया २
सुर्खेत २
अछाम २
बैतडी २
बझाङ २
कास्की १
मुस्ताङ १
ललितपुर १
बाँके १
दैलेख १
कञ्चनपुर १

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *