Political Hightlights

वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने प्रस्ताव कांग्रेसद्वारा अस्वीकार

हिमालय टिभी
२०७७ असार ७ गते १५:४२
वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने प्रस्ताव कांग्रेसद्वारा अस्वीकार

७ असार, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव अस्वीकार गरेको छ ।

प्रस्तावित प्रावधान असंवैधानिक भन्दै कांग्रेसले नमान्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले विधेयक निणयार्थ प्रस्तुत गरेमा समितिमा फरक मत राख्ने निर्णय गरेको हो ।

सात वर्षे प्रावधान राख्ने गरी अहिले राज्य व्यवस्था समितिमा छलफल भैरहेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले यो प्रस्तावमा समर्थन गरेको छ र समितिमा उसको बहुमत भएकाले सहजै निर्णय हुन सक्छ।

कांग्रेसले दिइसकेको अधिकारबाट नागरिकलाई बञ्चित गर्दा सामाजिकरुमपा द्वन्द्व बढ्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय सहमतिका आधारमा अन्तरिम संविधान जारी भएको र त्यसकै आधारमा नागरिकता ऐन २०६३ आएको भन्दै कांग्रेसले पुरानै व्यवस्था कायम गर्न माग गरेको छ ।

नेकपा सचिवालयको शनिबारको बैठकले समितिले प्रस्ताव गरेअनुसारकै विधेयकलाई अघि बढाउने निर्णय गरेपछि कांग्रेसले त्यसमा आपत्ति जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्