Main News

कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२५६ पुग्यो

हिमालय टिभी
२०७७ असार ७ गते १४:३०
कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२५६ पुग्यो

७ असार, २०७७ सुर्खेत । कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सल्यानका ६, दैलेखका र सुर्खेतका २२ जना र रुकुम पश्चिमका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट ११ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या १२५६ पुगेको छ ।

कर्णालीमा आजै १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेश अस्पताल सुर्खेतको आसोलेसनबाट ३ जना, सल्यान बहुमुखी क्याम्पसको आइसोलेनबाट ३ जना, दैलेख नौमुलेको आसोलेसनबाट ७ जना र जाजरकोट अस्पतालको आसोलेसनबाट एकजना गरी १४ जना डिस्चार्ज भएका हुन् ।

योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५३१ पुगेको छ ।कर्णालीमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *