समाज

दैनिक प्रयोग हुने खाद्यवस्तुको महत्व नबुझेर मजाक उडाइयोः प्रम ओली

हिमालय टिभी
२०७७ असार ७ गते १२:३५
दैनिक प्रयोग हुने खाद्यवस्तुको महत्व नबुझेर मजाक उडाइयोः प्रम ओली

७ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक प्रयोग हुने खाद्यवस्तुको महत्व नबुझी मजाक उडाइएको गुनासो गर्नुभएको छ ।

विश्व योग दिवसको अवसारमा आज बिहान भर्चुअल कार्यक्रममा राष्ट्रिय योग अभ्यासक्रम पुस्तिका सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले वर्षौंदेखि उपयोगमा रहेका जडिबुटीजन्य खाद्यवस्तुको प्रयोगबारेको आफ्नो अभिव्यक्तिलाई मजाक उडाउन खोजिएको बताउनुभयो ।

औषधिको रुपमा बेसार अदुवालगायत सामग्री खानेकुराको रुपमा पूर्खाहरुले प्रयोग गर्दै आएको भन्दी ती वस्तुमा औषधिजन्य तत्व रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले केही विद्धानहरुले पूर्वजको ज्ञानलाई मजाक बनाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

आहार, व्यायम र आरामको सन्तुलन मिलाए मात्र स्वस्थ्य रहन सकिने बताउँदै प्रधानमन्त्री ओलीले आफुले बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ भन्दा केही विद्धानले बेसार अदुवालाई मजाक बनाएको बताउनुभयो ।

पूर्वजहरुले औषधिको रुपमा भान्सामा ती खानेकुराको प्रयोग गरेको बताउँदै प्रधानमन्त्री ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउने खाद्यवस्तुको उपेक्षा नगर्न आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *