आर्थिक

स्टक एक्सचेञ्ज अनिश्चितकालका लागि बन्द

हिमालय टिभी
२०७७ असार ७ गते १२:२४
स्टक एक्सचेञ्ज अनिश्चितकालका लागि बन्द

७ असार, २०७७ काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सेयर बजार अनिश्चितकालका लागि बन्द गरिएको छ ।

यसअघि लकडाउनका अवधिभर बन्द रहने भनिएको शेयर बजार नेप्सेले सूचना जारी गर्दै असार ४ गतेसम्म बन्द रहने बताएको थियो ।

जुन सूचना अनुसार आजदेखि शेयर बजार खुल्छ भन्ने आशामा लगानीकर्ता बसेका थिए । तर नेप्सेले हिजो साँझ विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डबाट अर्को निर्देशन प्राप्त नहुँदासम्म बजार बन्द रहने घोषणा गरेको हो ।

लकडाउन शुरु भएयता बिचमा २ दिन कारोबार भए पनि अरु दिन शेयर बजार बन्द नै छ । लगानीकर्ताका संगठनहरुले शेयरको भाउ घट्ने भन्दै बजार नखोल्न दबाव दिँदै आएका छन् । तर शेयर बेचेर गर्जो टार्नेहरु भने बजार नखुल्दा मारमा परेका छन् ।

उनीहरुले शेयरलाई पनि अचल सम्पत्ति बनाएको भन्दै धितोपत्र बोर्ड र नेप्सेको आलोचना गरेका छन् । कोरोना भाइरसका कारण विश्वका धेरैजसो देशमा लकडाउन हुँदा पनि शेयर कारोबार भएको थियो । तर नेपालमा मात्रै लामो समय कारोबार रोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *