खेलकूद

इंग्लिस प्रिमियर लीगमा ब्राइटनबाट आर्सनल स्तब्ध

हिमालय टिभी
२०७७ असार ७ गते ७:३८
इंग्लिस प्रिमियर लीगमा ब्राइटनबाट आर्सनल स्तब्ध

७ असार, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीगमा ब्राइटनले आर्सनललाई स्तब्ध बनाएको छ ।

लीग अन्तरगत शनिबार राति भएको खेलमा आर्सनल ब्राइटनसँग दुई एकले पराजित भएको हो । ब्राइटनको मैदानमा भएको खेलमा आर्सनलले सुरुवाती अग्रता जोगाउन सकेन ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६८ औं मिनेटमा आर्सनलले अग्रता बनाएको थियो । उसका लागि निकालस पेपेले गोल गरे । तर ७५ औं मिनेटमा ब्राइटनका लेविस डुंकले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

त्यसपछि पनि आर्सनलले केहि राम्रा मौका पाएपनि गोल गर्न सकेन । त्यसका विपरित ब्राइटनले इन्जुरी समयमा दोस्रो गोल थप्यो । उसका लागि निल मपेले गोल गरे । त्यसपछि आर्सनल खेलमा फर्कन सकेन र पराजित भयो ।

यो हारसँगै आर्सनल युरोपा लिगमा पुग्ने संभावनापनि कठिन बन्दै गएको छ । उसको ३० खेलमा ४० अंक रहेको छ । ब्राइटनको ३२ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्