Main News

आज साउदी अरेविया र कतारबाट ३ सय ९६ जना नेपाली स्वदेश फर्कँदै

हिमालय टिभी
२०७७ असार ७ गते ७:३५
आज साउदी अरेविया र कतारबाट ३ सय ९६ जना नेपाली स्वदेश फर्कँदै

७ असार, २०७७ काठमाडौं । आज साउदी अरेविया र कतारबाट ३ सय ९६ जना नेपाली स्वदेश फर्कने भएका छन् ।

कोभिड–१९ का कारण समस्यामा परेका उनीहरु नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्किन लागेका हुन् ।

साउदी स्थित नेपाली दूतावासका अनुसार साउदी अरवको रियादबाट एक नावालक सहित २ सय ४७ जना नेपाली स्वदेश फर्किदै छ्न् ।

सो उडानबाट विगत ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ महिला सहित १२ जना महिला पनि स्वदेश फर्किदै छन् । साउदीका लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपूत तथा राजदूतावासका कर्मचारीले उनीहरुलाई विदाई गरेका छन् ।

यसैगरी कतारबाट १ सय ४९ जना नेपाली फर्कदै छन् । सो उडान मार्फत २९ जना सुत्केरी र गर्भवती सहित ८२ जना महिला, ३ जना नाबालक तथा ६४ जना पुरुष स्वदेश फर्किन लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *