आर्थिक

लकडाउन कुखुलो भयो तर पोखराको प्राण लेडकसाइड किन खुलेन ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ६ गते २०:२३
लकडाउन कुखुलो भयो तर पोखराको प्राण लेडकसाइड किन खुलेन ? (भिडियोसहित)

६ असार, २०८७७, पोखरा । करिब तीन महिना लामो लकडाउन देशैभरी खुकुलो बनेको छ । कलकारखाना चलिरहेका छन् । धेरैतिरको बजार खुलेपछि ग्राहक पनि किनमेलमा व्यस्त देखिन्छन् । तर, पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड भने अझै सुनसान छ । न त पसल खुलेका छन् न त ग्राहक नै छन् ।

पोखराका मुख्य बजारतिर मानिसको ओहोरदोहोर बाक्लै छ । गाडीको चाप समेत बढिसकेको छ । कोरोनाको महामारी बढ्नेक्रम नरोकिए पनि आम मानिस सुरक्षाका उपाय अपनाउँदै सामान्य जिवनमा फर्किरहेका छन् । तर, कुनै बेला पर्यटकको भीड हुने लेकसाइड सुनसान छ, यसले पर्यटन व्यवसायीलाई निकै मारमा पारेको छ ।

लेकसाइडका केही किराना र पदयात्राका कपडा बिक्री गर्ने पसल फाट्टफुट्ट खुले पनि अरु गतिविधि ठप्प छन् । पर्यटकीय क्षेत्र भएको र कोरोना कारण पर्यटक आउजाउ रोकिँदा बजारले गति लिन सकेको छैन । खानपिन र रमाईलोका लागि पुग्ने ठाउँको रुपमा लेकसाइड चर्चित भए पनि अहिले रेस्टुरेन्ट, होटल समेत बन्द छन् ।

त्यस्तै किनमेलका लागि पनि लेकसाइड जाने चलन कमै छ । लेकसाइड चलाएमान हुन पर्यटक भित्रनुनै पर्ने हुन्छ । कडिकडाउ लकडाउनमै भएजस्तो अनुभूति लेकसाइडले गरिरहेको छ । मुख्य बजारतिर चहलपहल हुँदा पनि लेकसाइड उठ्न सकेको छैन ।

पोखराको पुरै बजार पूर्णरुपमा खुलेर चहलपहल बढे पनि लेकसाइड खुल्न भने अझै केही महिना लाग्ने निश्चित छ । आन्तरिक तथा बाह्य पर्यटक आउन अझै धेरै समय लाग्ने पक्का छ । पर्यटक नआएसम्म लेकसाइड पुरानै अवस्थामा फर्कने अवस्थै भएन । लेकसाइडलाई चलायमान बनाउन आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने व्यवसायीको मत छ ।

लेकसाइडका स्थानिय बासिन्दा र कतिपय व्यावसायीले फुर्सदलाई उपयोग गर्नका लागि मात्र पसल खोल्ने गरेका छन् । उनीहरुले कोरोनाको जालोले ढाकिरहेको पर्यटन व्यवसायमा माकुराले जालो लाग्नबाट जोगाउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *