समाज

कैलालीका क्वारन्टिन बाल र महिलामैत्री नभएको ठहर (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ६ गते १८:१४
कैलालीका क्वारन्टिन बाल र महिलामैत्री नभएको ठहर (भिडियोसहित)

६ असार, २०७७ धनगढी । देशभरका अधिकांश क्वारन्टिन अब्यवस्थित छन् । मानव अधिकार आयोगले स्थलगत अनुगमन गरी कैलालीका क्वारन्टिन बालमैत्री र महिलामैत्री नभएको ठहर गरेको छ ।

आयोगले क्वारन्टिमा रहेका महिला र वालवालिका समस्यामा रहेको जनाएको छ । अब्यवस्थित क्वारेन्टिनमा कोरोनाको जोखिम सँगै महिला हिंसा समेत बढेको छ ।

लम्किचुहा–१ को सहिद स्मृति माविको क्वारन्टिनमा बस्दै आएकी एक महिलाको गत जेठ ३१ गते मध्यरातमा बलात्कार भयो । यो घटनामा राष्ट्रिय मानव अधिकार आयोगले पनि आपत्ति जनाएको छ । क्वारन्टिन ब्यवस्थित नहुँदा महिला र वालवालिका असुरक्षीत रहेको आयोगको निष्कर्ष छ ।

कोरोना संक्रमणको जोखिम क्षेत्रबाट आएकालाई १४ दिन क्वारन्टिनमा राख्ने ब्यवस्था छ । त्यसका लागि संघीय सरकार, प्रदेश सरकार स्थानीय सरकारले ठाउँ ठाउँमा क्वारन्टिन निर्माण गरेका छन् ।

तर क्वारन्टिनमा बस्नेले निकै कष्ट भोग्नु परेको छ । अझ महिलालाई त क्वारन्टिनमा झन समस्या छ । कैलालीका साढे चार सय क्वारन्टिनमा १५ हजार नागरिक छन् । ती मध्ये २ हजार ४ सय महिला छन् । अब्यवस्थित क्वारन्टिनमा महिलाले असुरक्षित महसुस गरेका छन् ।

लम्किचुहा–१ को सहिद स्मृति माविको क्वारन्टिनमा बस्दै आएकी एक महिलाको गत जेठ ३१ गते मध्यरातमा बलात्कार भयो । यो घटनामा राष्ट्रिय मानव अधिकार आयोगले पनि आपत्ति जनाएको छ । क्वारन्टिन ब्यवस्थित नहुँदा महिला र वालवालिका असुरक्षीत रहेको आयोगको निष्कर्ष छ ।

जिल्ला प्रशासन कार्यालयले श्रोत साधनको अभावका कारण स्थानीय तहले निर्माण गरेका क्वारन्टिन ब्यवस्थित नभएको स्विकार गरेको छ । तर, लम्किको घटना पछि क्वारन्टिन थप ब्यवस्थित बनाउने र दोषिलाई कारबाहीको प्रक्रिया अघि बढाएको प्रशासनको भनाइ छ ।

भारतबाट आउनेको चाप बढिरहने तर बजेट नहुनाले क्वारन्टिन ब्यवस्थान गर्न समस्या भएको स्थानीय तहले गुनासो गरेका छन् । महिला र पुुरुषका लागि बसोवासको अलग्गै ब्यवस्था नहुनु, शौचालय र खानेपानी सबैको साझा हुुनु र परीक्षण विना नै घर पठाउनुले जोखिम झनै बढेको छ । क्वारन्टिनमा महिला बालबालिकाको अवस्थाबारे सरकारले बेलैमा ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *