Main News

नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८६०५ पुग्यो

हिमालय टिभी
२०७७ असार ६ गते १६:३४
नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८६०५ पुग्यो

६ असार, २०७७ काठमाडौं । कोरोना भाइरसका नयाँ संक्रमितको संख्या आज केही कम भएको छ । स्वास्थ्य मन्त्रालयले ७ हजार ४ सय १६ पीसीआर परीक्षणबाट आज ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

पछिल्लो पटक गण्डकी प्रदेश र प्रदेश ५ मा धेरै संक्रमित थपिएका छन् । पाल्पामा ३३ र नवलपरासी पूर्वमा ३२ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

यस्तै पछिल्लो पटक थप १ सय ७६ संक्रमित आइसोलेसनबाट डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुने संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

कुन जिल्लामा कति थपिए नयाँ संक्रमित ?
डाेटी-६१
पाल्पा-३३
नवलपरासी पूर्व- ३२
महाेत्तरी-२४
तनहुँ-२३
बागलुङ-२०
वैतडी-१८
गुल्मी-१८
बाँके-१४
डढेल्धुरा-१२
सर्लाही-९
धादिङ-८
प्युठान-८
माेरङ-८
भक्तपुर-७
राैतहट-७
वर्दिया-७
बारा-४
दाङ-४
रामेछाप-३
कैलाली-३
सुनसरी-२
झापा-१
काठमाडाै-१
नवलपरासी पश्चिम-१
स्याङ्जा-१
रुपन्देही-१
रुकुम पश्चिम-१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *