आर्थिक

नेपालको चिया, अलैंची र अम्रिसो निर्यातमा भारतीय अवरोध

हिमालय टिभी
२०७७ असार ५ गते १८:५७
नेपालको चिया, अलैंची र अम्रिसो निर्यातमा भारतीय अवरोध

५ असार, २०७७ काठमाडौं । भारतले नेपालको चिया, अलैंची र अम्रिसो निर्यात रोकेको छ ।

भारत र बंगलादेश निकासी हुन लागेको २५ ट्रक कृषि उपज भारतको पश्चिम बंगाल सरकारको निर्देशनमा सीमामा प्रहरीले रोकेको भन्सार विभागले जनाएको छ ।

भारतको पश्चिम बंगाल सरकारले निर्यात रोक्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुल र भंसार परिसरमा रोकिएका छन् ।

लकडाउनमा समेत भारतबाट निरन्तर सामान आएपनि नेपाली वस्तु निर्यात हुन पाएको छैन । नेपाली कृषिजन्य उत्पादन निर्यात गर्न पश्चिम बंगाल सरकारले नदिएको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो ।

भारतको पश्चिम बंगाल सरकारले लकडाउनको कारण देखाउँदै सवारी प्रवेशमा रोक लगाएपछि ठूलो परिमाणमा निर्यात हुने कृषिजन्य वस्तु पूर्वी नाका काँकरभिट्टामै रोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *