Main News

नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२७४ पुग्यो

हिमालय टिभी
२०७७ असार ५ गते १६:३४
नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२७४ पुग्यो

काठमाडौं । नेपालमा ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा ३ जना, जनकपुरमा भएको परीक्षणमा १५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा टेकुमा २ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै हेटौडामा भएको परीक्षणमा ६ जना, शिक्षण अस्पतालमा भएको परीक्षणमा ५ जनामा, पोखरामा भएको परीक्षणमा १ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कास्कीमा भएको परीक्षणमा १७ जनामा पोजेटिभ देखिएको छ । यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षण्मा ७ जना, रुपन्देहीमा भएको परीक्षणमा १ सय ७ जना र सेती अस्पतालमा भएको परीक्षणमा २४ जना जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३१ गरी आजसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९९ गरी आजसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ ।

शुक्रबार देशभरीका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् । भने ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।

शुक्रबार २ सय १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *