Main News

बर्दियामा क्वारन्टिनबाट घर फर्केका एक जनाको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

हिमालय टिभी
२०७७ असार ५ गते १४:४४
बर्दियामा क्वारन्टिनबाट घर फर्केका एक जनाको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

५ असार, २०७७ बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–३ मा रहेको क्वारन्टिनबाट घर गएका एक जनाको मृत्यु भएको छ ।

आरडीटी रिपोर्ट नेगेटिभ आएपछि क्वारन्टिनबाट घर पठाइएका ३५ वर्षीय युवक एक्‍कासी बिरामी परेपछि उपचारका लागि बर्दिया अस्पताल गुलरिया लैजाने क्रममा बाटोमै मृत्यु भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।

मृतकको शव बर्दिया अस्पतालको शव गृहमा राखिएको छ । मृतकको स्वाब परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ ।

स्वाब परिक्षण रिपोर्ट बेलुकासम्म आउने र परीक्षण रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने प्रजिअ अधिकारीले बताउनुभयो ।

दुई साताअघि काठमाडौंबाट नेपालगन्ज हुँदै बर्दिया आएका उनी बारबर्दिया नगरपालिकाको क्वारन्टिनमा १४ दिन बसेर आरडीटी परीक्षणको नतिजा नेगेटिभ आएपछि घर फर्किएका थिए ।

घर फर्किएकै दिन बिहीबार राति छाती दुखेर सास फेर्न कठिन भएपछि उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजाँदै गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *