समाज

विदेशमा विभिन्न कारणले ज्यान गुमाएका २३ नेपालीको शव काठमाडौं ल्याइयो

हिमालय टिभी
२०७७ असार ५ गते १४:२०
विदेशमा विभिन्न कारणले ज्यान गुमाएका २३ नेपालीको शव काठमाडौं ल्याइयो

५ असार, २०७७ काठमाडौं । विदेशमा विभिन्न कारणले ज्यान गुमाएका २३ जना नेपालीको शव आज नेपाल ल्याइएको छ ।

कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रबन्ध देवेन्द्र केसीले जानकारी दिनुभयो ।

कतार एअरवेजको चार्टर्ड उडानमार्फत २० जना नेपालीको शव लिएको जहाज दिउँसो काठमाडौं आइपुगेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका शव वैदेशिक रोजगार बोर्ड र कतारमा रहेको नेपाली दूतावासको समन्वयमा नेपाल ल्याइएको हो ।

आजै कुवेतबाट नेपाली लिएर आउने जजिरा एअरले २, यूएईबाट नेपाल एयरलाइन्सको विमानमा एक जनाको शव आएको छ भने साउदीबाट बिहान आएको हिमालय एअरलाइन्सको चार्टर्ड जहाजले पनि एउटा शव ल्याएको छ । यसअघि कुवेतबाट ३, ओमानबाट १ र यूएईबाट १ जनाको शव ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *