Political Hightlights

अब ओलीलाई प्रधानमन्त्रीबाट विदा दिनुपर्ने पूर्वप्रम भट्टराईको टिप्पणी

हिमालय टिभी
२०७७ असार ५ गते १२:४७
अब ओलीलाई प्रधानमन्त्रीबाट विदा दिनुपर्ने पूर्वप्रम भट्टराईको टिप्पणी

५ असार, २०७७ काठमाडौं । पूर्व प्रधानमन्त्री एबं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले अब प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई विदा गर्नुपर्ने टिप्पणी गर्नु भएको छ ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता भट्टराईले सबैले साहस बटुलेर प्रधानमन्त्री ओलीको स्वास्थ्य ठीक नभएको भन्दै छिटो विदा दिनु पर्नै टिप्पणी गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले हिजो कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो, लागिहाल्यो भने हाछ्यु साछ्यु गर्नुपर्, तातोपानी खानुपर्छ, उडाईदिनुपर्छ भनेर राष्ट्रिय सभामा बोलेको प्रति भट्टराईले प्रधानमन्त्रीलाई विदा गर्नु पर्ने तर्क गर्नु भएको हो ।

प्रधानमन्त्रीको उक्त भनाइ प्रति व्यङ्ग गर्दै भट्टराइले लेख्नु भएको छ, ‘देशको प्रधानमन्त्रीले पटकपटक यस्ता बेसुरका कुरा गर्दा हामी सुनेर बस्छौं वा प्रतिवाद गर्न डराउँछौं भने गरीबी, धामीझाँक्री र अन्धविश्वासको दुष्चक्रमा परेका जनताले किन उनलाई साँच्चैको डाक्टर वा अलौकिक पात्र नमानून् ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्