Main News

गुल्मीमा होम क्वारन्टिनमा बसेका एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ असार ५ गते १२:३०
गुल्मीमा होम क्वारन्टिनमा बसेका एक जनाको मृत्यु

५ असार, २०७७ गुल्मी । गुल्मीमा होम क्वारन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ ।

छत्रकोट गाउँपालिका वडा नम्बर–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शव व्यवस्थापन गर्न नेपाली सेना घटनास्थल पुगेको छ । उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका थिए । प्यारालाइसिसका बिरामी उनी भारतमा उपचार गरेर फर्किएका थिए ।

बिहीबार आरडीटी टेस्ट गर्दा उनमा एन्टिबडी पोजेटिभ रिपोर्ट आएको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले जानकारी दिनुभयो । उनलाई भारतबाट नेपाल ल्याएका अर्का एक जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मृतकमा कोरोना संक्रमण थियो कि थिएन भनेर स्वाब परीक्षण गर्न प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *