Main News

गण्डकी प्रदेशमा एकै दिन ७७ जना कोरोना संक्रमित फेला, हिमाली जिल्ला मनाङमा पनि संक्रमण

हिमालय टिभी
२०७७ असार ४ गते १५:३३
गण्डकी प्रदेशमा एकै दिन ७७ जना कोरोना संक्रमित फेला, हिमाली जिल्ला मनाङमा पनि संक्रमण

४ असार, २०७७, कास्की । गण्डकी प्रदेशमा आज ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हिमाली जिल्ला मनाङमा पहिलो पटक संक्रमण देखिएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले बिहान तीन पटक विज्ञप्ती निकालेर कोरोना संक्रमितको जानकारी दिएको छ । नवलपुरमा सबैभन्दा धेरै ३१ जना, तनहुँमा १५, गोरखामा ११, पर्वतमा ९, स्याङ्जामा ९, बागलुङ र मनाङमा एक-एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

नवलपुरको मध्यविन्दु नगरपालिकामा १७, हुप्सेकोटमा ९, विनय त्रिवेणीमा ४ र गैडाकोट नगरपालिकामा २ जनामा संक्रमण देखिएको छ ।

तनहुँको ऋषिङमा ७, भानु नगरपालिकामा ४, व्यास नगरपालिकामा ३ र शुक्ला गण्डकीमा एक जनामा संक्रमण भेटिएको छ ।

गोर्खाको पालुङटारमा ७ र शहिद लखन गाउँपालिकामा ४ जना संक्रमित थपिएका छन् ।

स्याङजाको कालिगण्डकीमा ५, आँधिखोलामा ४, पर्वतको फलेवासमा २, कुस्मा र जलजलामा १-१ जना संक्रमित पहिचान भएका छन् ।

मनाङमा पहिलो पटक संक्रमण देखिएको छ । मनाङको चामे गाउँपालिकामा कार्यरत एक कर्मचारीमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माका अनुसार मनाङमा भेटिएका संक्रमित कपिल्वस्तुबाट फर्केका व्यक्ति हुन् भने अन्य सबै भारतबाट आएकाहरु हुन् ।

पछिल्लो विवरण अनुसार नवलपरासी पुर्वमा ९७, स्याङ्जामा ७३, बागलुङमा ४२, पर्वतमा ३८, गोरखामा ३६ जना, तनहुँमा २६, कास्कीमा ७, म्याग्दीमा ३ र लमजुङ र मनाङमा एक १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हिजो नेपालमा अहिलेसम्मकै धेरै ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *