Main News

नेपालमा थप ५८६ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो

हिमालय टिभी
२०७७ असार ३ गते १६:२९
नेपालमा थप ५८६ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो

३ असार, २०७७ काठमाडौं । नेपालमा आज अहिलेसम्मकै धेरै कोरोना संक्रमित पहिचान भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नेपालमा संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । आज सबैभन्दा बढी महोत्तरीमा २ सय संक्रमित भेटिएका छन् । रौतहटमा पनि १ सय २७ संक्रमित थपिएका छन् ।

थप ९ जना संक्रमित आइसोलेसनबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ११ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप एक जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप एकजनाको मृत्यु भएको छ । पछिल्लो पटक बाँकेमा एक महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको थियो । ती महिलामा हिजो संक्रमण पुष्टि भएको हो ।

निमोनिया र प्यारालाइसिसको समस्या देखिएपछि ती महिला तीन महिनादेखि उपचारको क्रममा थिइन । भारतबाट फर्किएका र क्वारन्टिनमा बसेका ब्यक्तिसँग सम्पर्क नभए पनि उपचारका लागि अस्पताल र स्वास्थ्य किलिनिक गईरहने भएका कारण त्यही उनमा संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

कुन जिल्लामा कति नयाँ संक्रमित ?
महाेत्तरी-२००
राैतहट-१२७
प्युठान-३८
बर्दिया-३१
गुल्मी-२६
धनुषा-२६
सल्यान-२५
पूर्व नवलपरासी-१७
कालिकाेट-१४
अर्घाखाँची-१२
कपिलवस्तु-१०
माेरङ-९
दाङ-८
रुपन्देही-७
बारा-७
कञ्चनपुर-७
सर्लाही-६
उदयपुर-४
पर्वत-३
झापा-२
सुर्खेत-२
दैलेख-२
कैलाली-१
सिरहा-१
बाँके-१

उनीसँगै सिधै सम्पर्कमा रहेका परिवारका सदस्य र उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको पहिचान गरि आइसोलेशनमा राखिएको छ । उपचारको क्रममा स्वास्थ्य संस्थामा जाँदा मोटरसाइकल, अटो रिक्सा र एम्बुलेन्सको प्रयोग भएको देखिएकाले ती सबारी साधन र चालकको पहिचान गर्ने काम भईरहेको बैजनाथ गाउँपालिकाका हेल्थ असिसटेन्ट चन्द्र खड्काले जानकारी दिनुभयो ।

यसअघि बाँकेमा जेठ ४ मा नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *