Main News

क्वारन्टिनहरुको दयनीय अवस्थामा सुधार गर्न सांसदहरुको माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ३ गते १३:११
क्वारन्टिनहरुको दयनीय अवस्थामा सुधार गर्न सांसदहरुको माग (भिडियोसहित)

३ असार, २०७७ काठमाडौं । सांसद डाक्टर विमला राई पौडेलले क्वारन्टिनको अवस्था दर्दनाक रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गर्नुभएको छ ।

राष्ट्रियसभा बैठकमा बोल्दै सांसद पौडेलले क्वारन्टिनहरू महिला, बालबालिका तथा वृद्ध–वृद्धामैत्री नभएको बताउनुभयो । उहाँले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा महिला मन्त्रालयको प्रतिनिधित्व गराउन माग गर्नुभयो ।

उहाँले घरघरमा जनतालाई सेवा दिने भनेर संघीयतामा देश गएको भएपनि स्थानीय तहमा निर्माण भएका क्वारन्टिनहरुको अवस्था दुःख लाग्दो भएको बताउनुभयो । उहाँले कोभिड—१९ संकट व्यवस्थापन केन्द्रमा महिला मन्त्रालयको सहभागिता हुनुपर्ने मागसमेत गर्नुभयो ।

नेकपाका अर्का सांसद रामनारायण बिडारीले विदेशमा अलपत्र नेपालीलाई पैसा तिराएर ल्याउने सरकारी कदमको विरोध गर्नुभयो ।

उहाँले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका ऊर्जावान युवाहरु महाकारीका कारण घर फर्किन चाहेपनि भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारले रोजगारी नदिएर धकेली धकेली युवाहरुलाई विदेश पठाए पनि रोग र भोकले ग्रस्ता भएकाले उद्धार गर्न नसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *