समाज

कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ असार ३ गते ७:५२
कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

३ असार, २०७७ बाँके । बाँकेमा कोरोना भाइरसका कारण दोस्रो व्यक्तिको मृत्यु भएको छ ।

बैजनाथ गाउँपालिका-६ की ४६ वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा हिजो साँझ मृत्यु भएको हो ।

मृत्यु भएकी ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिनुभयो ।

निमोनिया रोगले ग्रस्त ती महिला जेठ ३० गते अस्पतालमा भर्ना भएकी थिइन् । यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउपालिका ५ का २५ वर्षा युवाको कोरोनाबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *