समाज

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

हिमालय टिभी
२०७७ असार ३ गते ७:२७
पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

३ असार, २०७७ चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो ।

अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *