Main News

क्वारिन्टनमै अन्तरजातीय विवाह, वडाध्यक्षले पढे मन्त्र

हिमालय टिभी
२०७७ असार २ गते १८:२४
क्वारिन्टनमै अन्तरजातीय विवाह, वडाध्यक्षले पढे मन्त्र

२ असार, २०७७, दाङ । दाङमा एक जोडीले क्वारिन्टनमै अन्तरजातीय विवाह गरेका छन । उनीहरुको विवाह वडा अध्यक्षकै रोहबरमा भएको छ ।
जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको बेलघारी क्वारिन्टनमा बसेका अन्तरजातीय उक्त जोडीको विवाह वडा अध्यक्ष भरत अर्यालले गराई दिएका हुन । भारतको दिल्लीबाट आएर क्वारिन्टनमा बसेका उनीहरु प्रेम सम्बन्धमा रहेकाले उनीहरुकै आग्रहमा वडा अध्यक्षले आफै मन्त्र पढेर विवाह गरिदिएको वडा अध्यक्ष अर्यालले बताए ।

भारतबाट आउँदा नै उनीहरु प्रेम सम्बन्धमा रहेछन त्यसैले घर सल्लाहमा जेठ ३२ गते बरपीपल साक्षी राखेर मैले सामान्य मन्त्रोच्चारण गरेर विवाह गराइदिएको हुँ, वडा अध्यक्ष अर्यालले भने । उनले पीसीआर परीक्षण रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि आफुहरुको धर्म संस्कारमा ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते नै सामान्य ढंगले विवाह गराएको बताए ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ का कृष्ण वली र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की सीता चौधरीबीच क्वारिन्टनमै अन्तरजातीय विवाह भएको हो । विवाह गर्दा घर परीवार र माइती पक्षबाट निकै सहयोग गरेको दुलाह कृष्ण वलीले बताए

उनीहरु जेठको पहिलो साता मात्रै भारतबाट आएर क्वारिन्टनमा बस्दै आएका थिए । करीव २४ दिन क्वारिन्टनमा अलग्लै बसेका उनीहरुको रिपोर्ट विवाह गरेको एक दिनपछि असार १ गते सोमबार आएको छ । त्यसपछि उनीहरु क्वारिन्टनबाट डिस्चार्ज भएका थिय ।

उक्त क्वारिन्टनमा उनीहरुसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आएपनि ती नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ । रिपोर्ट नेगटिभ आएकाले घरमा अलग्गै एक सातासम्म सेल्फ क्वारिन्टनमा बस्ने गरी डिस्चार्ज गरिएको हो । अन्तरजातीय विवाह भएका कारणले कसैले रोक्छ कि भनेर आफुहरुले सुटुक्कै माला टिका लिएर विवाह गर्न तम्सिएका कृष्णका बुवा तिर्थबहादुर वडा अध्यक्षको सहयोग पाएपछि निकै खुसी भएर छोराको विवाह गरिदिएको बताए । भारतमा २ महिनादेखि अलपत्र परेको उनीहरुको घरबाट भाडा हालेर बोलाई क्वारन्टिनमा बसेका बेला बिहे गरिदिएको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *