समाज

सरकार भन्छ-कोरोना जाँच्ने मान्छे छैनन्, माइक्रोबायोलोजिस्ट भन्छन् काम पाएनौं (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २ गते १७:४६
सरकार भन्छ-कोरोना जाँच्ने मान्छे छैनन्, माइक्रोबायोलोजिस्ट भन्छन् काम पाएनौं (भिडियोसहित)

२ असार, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमण फैलिएको तीन महिनामा सरकारले १ लाख ३९ हजार जनाको पीसीआर परीक्षण गरेको छ । परीक्षणको दायरा बढाउने भने पनि प्रयोगशालामा परीक्षण किटको अभाव, पीसीआर मेसिनमा समस्या हुँदा सोचेजस्तो परीक्षणहुन सेकेको छैन । जनशक्ति अभाव परीक्षण कम हुनुको मूख्य कारण बनेको छ ।

पछिल्लो पटक पोखरामा थपिएको प्रयोशालासहित देशभर कोरोना परीक्षण गर्ने २१ वटा प्रयोगशाला सञ्चालनमा छन् । प्रयोगशाला थपिए पनि ती प्रयोगशाला सञ्चालन गर्न जनशक्तिको अभाव छ । एउटा प्रयोगशालामा ३(४ जना मात्र माइक्रोबायोलोजिस्ट छन् । जसले गर्दा संकलन भएका नमूनाको पनि कोरोना परीक्षण हुन सकेको छैन । अहिले पनि संकलन गरिएका ३३ हजार भन्दा बढी नमूना परिक्षण गर्न बाँकी छ ।

नेपालमा कोरोना संक्रमण देखिएको छ महिना पुग्न लागेको छ । यो ६ महिनाको अवधिमा जम्मा १ लाख ३९ हजारको हाराहारीमा पीसीआर परीक्षण गरिएको छ । लकडाउनअघि न्युन संख्यामा हुने गरेको परिक्षणाको संख्या पछिल्लो समयमा बढेको छ । तर जुन गतिमा कोरोना संक्रमण देखिएको हो । त्यो गतिमा परीक्षण हुन सकेको छैन ।

परीक्षणको गति नबढ्नुमा सरकारले जनशक्तिलाई पनि कारण मागेको छ । तर प्रयोगशालामा परीक्षणको काम गर्ने काम माइक्रोबायोलोजिस्टहरु यसलाई मान्न तयार छैनन् । सरकारले भएका माइक्रोबायोलोजिस्टलाई प्रयोग गर्न नसकेको उनीहरुको आरोप छ ।

नेपालमा २५ सयको हाराहारीमा माइक्रोबायोलोजिस्ट छन् । ती मध्ये १५ सय विदेशिएका छन् । अरु नेपालमै छन् । जसमध्ये आधा ५ सयले काम पाएका छन् । अरु पाँच सय जना खाली छन् । त्यसैले उनीहरुलाई प्रयोग गर्न सके राज्यले कोरोना संक्रमण कम गर्न सहयोग पुग्न सक्छ ।

एकातिर माइक्रोबायोलोजिस्टलाई भ्याई नभ्याई छ, कामले लखतरान पर्दा पनि आराम नपाउने अवस्था छ । तर अर्को तर्फ माइक्रोबायोलोजिस्टले काम नै पाएका छैनन । सरकारले असार १५ देखि दैनिक १० हजार पीसीआर परीक्षण गर्ने लक्ष्य राखेको छ । यो लक्ष्य पूरा गर्न र कोरोना संक्रमितको मृत्युदर घटाउन भएका माइक्रोबायोलोजिस्टलाई प्रयोग गर्नुको विकल्प देखिदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *