समाज

इजरायलद्वारा स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री प्रदान

हिमालय टिभी
२०७७ असार २ गते १५:५४
इजरायलद्वारा स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री प्रदान

२ असार, २०७७ काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि इजरायल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले स्वास्थ्य मन्त्रालयमा पुगेर मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको हो । सहयोग सामग्री लिँदै मन्त्री ढकालले कोरोनालाई विश्वबाटै हटाउनका लागि सबै एक जुट हुनु पर्ने बताउनुभयो ।

इजरायलले ५० थान पीपीई, थर्मोमिटर, पञ्जा, मास्क, सेनिटाइजर लगायतका सामान उपलब्ध गराएको हो । मन्त्री ढकालले महामारीको चपेटामा रहेको बेला इजरायल सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपालका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *