समाज

सीप र जाँगर भए उमेर बाधक हुँदैन, ८८ वर्षीय वृद्धको ऊर्जाले यसरी सजिन्छन् गमला (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २ गते १४:५७
सीप र जाँगर भए उमेर बाधक हुँदैन, ८८ वर्षीय वृद्धको ऊर्जाले यसरी सजिन्छन् गमला (भिडियोसहित)

२ असार, २०७७, पाल्पा । काम गर्ने जाँगर भए उमेरले छेक्दैन भन्ने भनाइलाई पाल्पाका ८८ वृद्धले पुष्टि गरेका छन् । तानसेनका ८८ वर्षीय वृद्धले लकडाउनको समय सदुपयोग गर्दै खेर गएका गाडीका टायरबाट उपयोगी सामान बनाएका छन् ।

उहाँ हुनुहुन्छ पाल्पा तानसेनका थमन सिंह पौडेल । उमेरले ८८ वर्ष भए पनि उहाँ हातमा भएको सीप प्रयोग गरेर अहिले पनि काममा व्यस्त हुनुहुन्छ । लकडाउनका कारण काम गर्ने ऊर्जावान श्रमशक्ति घरमै बस्न बाध्य भएको बेला उहाँले पुराना टायरबाट विभिन्न सामान बनाउनु भएको छ ।

खेर जाने टायरबाट कुर्ची, टेबल, गमला, सोफा, पिंग लगाएतका सामग्री निर्माण गर्न सकिन्छ । लकडाउनले रेष्टुरेन्ट बन्द रहेको र यातायात पनि संचालन नभएको बेला घरमै बसेर त्यत्तिकै समय बिताउनुभन्दा केही उत्पादनशील काम गर्नु राम्रो भनेर किरणले थमन सिंहसँग सहकार्य गर्नुभएको हो ।

उहाँलाई फूल रोप्ने गमला, फुल सजाउने फुलदानी, मान्छेको उचाइ र आवश्यकता अनुरुपका बस्ने मुडा, तरकारी रोप्ने सामग्री, बनाउन पाल्पाकै होटल तथा यातायात व्यवसयाी किरण चित्रकारले सहयोग गर्नुभएको छ ।

खेर जाने टायरबाट कुर्ची, टेबल, गमला, सोफा, पिंग लगाएतका सामग्री निर्माण गर्न सकिन्छ । लकडाउनले रेष्टुरेन्ट बन्द रहेको र यातायात पनि संचालन नभएको बेला घरमै बसेर त्यत्तिकै समय बिताउनुभन्दा केही उत्पादनशील काम गर्नु राम्रो भनेर किरणले थमन सिंहसँग सहकार्य गर्नुभएको हो ।

टायरबाट निर्मित सामग्री हलुका हुने र बर्षौ टिक्छन् । उहाँहरुले बनाएका यी सामग्री अहिले तानसेनका बिभिन्न सरकारी कार्यालय र ब्यक्तिलाई उपहार स्वरुप प्रदान गरिएको छ । स्थानीय सरकारले यस कामको प्रबर्धनमा जोड दिएर युवाहरुलाई परिचालित गर्न सके रोजगारीको राम्रो अवसर सिर्जना हुने विश्वास छ ।

फुलदानी, गमला, सजावटका सामग्रीका अलावा बिग्रिएका बिभिन्न सामानलाई समेत फरक फरक सामग्रीको प्रयोग गरि पुन संचालनमा आउने गरी निर्माण गर्ने गरिएको छ । बजारमा पाईने गमला सानो हुने र घाम पानीले छिट्टै फुटने तर टायरबाट निर्मित गमलामा फुल तथा तरकारी रोप्दा सहज हुन्छ । यसमा तरकारी रोप्ता धेरै फैल्ने उपभोक्ताको अनुभव छ ।

देशमा बेरोजगारीको समस्या रहेको र रोजगारीका अन्य कुनै अबसर नभएको समयमा स्थानिय सरकारले यस्ता फरक शैलीका आय आर्जनका काममा युवाहरुलाई जोडनु पर्छ । यसले खेर जाने बस्तु प्रयोगमा आउने र स्थानिय स्तरमा रोजगारीको बाटो पनि बन्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *