आर्थिक

सुदूरपश्चिम प्रदेशद्वारा भारत अतिक्रमित क्षेत्रका लागि बजेट विनियोजन

हिमालय टिभी
२०७७ असार २ गते ७:५६
सुदूरपश्चिम प्रदेशद्वारा भारत अतिक्रमित क्षेत्रका लागि बजेट विनियोजन

२ असार, २०७७, काठमाडौं । भारतले अतिक्रमण गरेको दार्चुलाको ब्यास क्षेत्रका लागि सुदूरपश्‍चिम प्रदेश सरकारले बजेट विनियोजन गरेको छ।

सरकारले दार्चुलाको सिमावर्ती ब्यास गाउँपालिकामा विकास निर्माणका काम अघि बढाउन विषेश प्राथमिकतासहित ५ करोड रकम विनियोजन गरेको हो।

हिजो बजेट वक्तव्यमार्फत आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले संघीय सरकार र स्थानीय तहको समन्वयमा उक्त क्षेत्रमा सडक, पुल खानेपानीलगायतका भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्य जस्ता सार्वजनिक सेवा उपलब्ध गराउनका लागि ५ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

उक्त क्षेत्रका लागि संघीय सरकारले भने बजेट विनियोजन गरेको थिएन। भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक ब्यास गाउँपालिकामा पर्छन्।

नेपालले ती क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ। प्रतिनिधि सभाले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको छ ।

५ करोड बजेट विनियोजन गरेकोमा ब्यास गाउँपालिकाका अध्यक्ष दिलिप बुढाथोकीले प्रदेश सरकारलाई धन्यवाद दिनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *