समाज

कोरोना कहरः क्वारन्टिनमा पनि सुरक्षित रहेनन् महिला

हिमालय टिभी
२०७७ असार १ गते २०:२३
कोरोना कहरः क्वारन्टिनमा पनि सुरक्षित रहेनन् महिला

असार, २०७७ धनगढी । कैलालीको लम्किचुहा नगरपालिकाको क्वारन्टिनमा बसेकी महिलालाई बलात्कार गरेको आरोपमा ३ जना युवक पक्राउ परेका छन् । १२ दिनअघि भारतको बैंगलोरबाट आएर लम्किचुहा–१ को सहिद स्मृति माविको क्वारन्टिनमा बस्दै आएकी महिलाको शनिबार मध्यरातमा बलात्कार भएको हो । बलात्कार गरेको आरोपमा क्वारन्टिनका स्वयवंसेवक र स्वाथ्यकर्मी पक्राउ परेका हुन् ।

कैलालीको लम्किचुहा नगरपालिकाको क्वारन्टिनमा बसेकी महिलालाई बलात्कार गर्नेमाथि कारबाहीको माग गर्दै सोमबार पनि कैलालीमा प्रर्दशन भयो । प्रदर्शनकारीले दिनभर लम्कीमा पुर्व पश्चिम राजमार्ग बन्द गरे। कोरोनाको महामारीका बेला स्वयवंसेवीका रुपमा खटिएका ब्यक्तीबाटै बलात्कारको सिकार हुनुले पिडामाथी थप पिडा थपिएको भन्दै पिडकलाइ कडा कार्वाही हुनुपर्ने स्थानियको माग छ ।

बलात्कारका घटना ढाकछोप हुने प्रबृत्तिले यस्ता घटना मौलाउँदै गएको समेत स्थानियको बुझाई छ । जनप्रतिनिधीले समेत अपराधी बचाउने चलखेल गरिरहेको उनीहरुको दावी छ ।

पीडित ३१ वर्षीया महिलाले सामूहिक बलात्कार गरेको भन्दै तीनजना विरुद्ध ईलाका प्रहरी कार्यालय लम्कीमा किटानी जाहेरी दिएको आधारमा लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक पक्राउ परेका छन । उनीहरुमाथि अनुसन्धान भईरहेको छ ।

क्वारन्टिनमा बसेकाहरु शनिवार परीक्षण गरेर घर गइसकेपछि महिला एक्लै थिइन । राती एक्लै कोठामा स्वयवंसेवकले नै जवरजस्ती गरेको पीडितले बताएकी छन । एकजनाले जवरजस्ती गरिरहेको अर्को स्वयंसेवकले भिडियो खिचेको पीडितको भनाई छ ।

त्यही बेला क्वारेन्टिनमा सधै खटिने एक स्वास्थ्यकर्मी आए पनि उनले समेत त्यस्तै ब्यवहार गरे । भारतमा कोरोनाले महामारीको रुप लिइसकेपछि रोजगारी गुमेर स्वदेश फर्किने नागरिक १४ दिन अनिवार्य क्वारन्टिनमा बस्नुपर्छ । तर क्वारन्टिनमै यस्ता ककर्म भएपछि सुरक्षाको गम्भीर प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *