समाज

कोरोनाभन्दा खतरनाक बन्दै आत्महत्या : लकडाउनमा १२ सय बढीले किन गरे आत्महत्या ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १ गते १९:५९
कोरोनाभन्दा खतरनाक बन्दै आत्महत्या : लकडाउनमा १२ सय बढीले किन गरे आत्महत्या ? (भिडियोसहित)

कोरोनाबाट मानिसको ज्यान गइरहेको बेलामा अर्को एउटा डर लाग्दो तथ्यांक सार्वजनिक भएको छ । र त्यो हो आत्महत्याको । लकडाउनको साढे २ महिनाको अवधिमा १२ सय जनाले आत्महत्या गरेका छन् । यो तथ्यांकले कोरोना भन्दा पनि आत्महत्या खतरनाक छ भनेर देखाइरहेको छ ।

घटना एक – गत शुक्रबार काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक सैनिकले गोली हानी आत्महत्या गरे ।

घटना २ – सैनिकले आत्महत्या गरेको दिन बाजुराको भौनेरामा सत्यवादी माध्यामिक विद्यालयको क्वारन्टिनमा अर्का एक व्यक्तिले पनि ज्यान दिए ।

आत्महत्या गर्ने यी २ मात्र छैनन र हैनन् पनि । प्रहरीको तथ्यांक केलाउने हो भने लकडाउन सुरु भएको दिन चैत ११ देखि जेठ १० गतेसम्म २ महिनामा ९ सय ६३ जनाले आत्महत्या गरेका छन् । लकडाउनको मात्र तथ्यांक जोड्ने हो भने अहिलेसम्म १२ सय जनाले आत्महत्या गरेका छन् । रोजगारी गुम्नु, मानसिक तनाव बढ्नु्लगायतका कारण आत्महत्या बढिरहेको बताउनुहुन्छ, मनोरोग चिकित्सक अरुण कुँवर ।

आत्महत्या गर्ने क्रम लकडाउन लाग्नु पूर्व पनि थियो र लकडाउनमा पनि रोकिएन । आर्थिक बर्षको हिसावले हेर्ने हो भने बर्ष ०७२(०७३ मा ४ हजार ६८० जना, बर्ष ०७३(०७४ मा ५१२४ जना र ०७४(०७५ मा ५३१७ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । यसले आत्महत्या बढेको देखाउँछ ।

प्रहरीकहाँ नपुगेका अरु धेरै घटना गुपचुप समेत हुन्छन् । जुन यो तथ्याङ्कमा समेटिएका छैनन् । औसतमा हिसाब गर्ने हो भने नेपालमा दैनिक १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको दावी छ । आत्महत्या गर्नेमा युवा र किशोरकिशोरी धेरै छन् । हुन त कुनै पनि आत्महत्या स्वाभाविक हुँदैन । किशोर(किशोरी नै जव आत्महत्या गर्छन, यसले हाम्रो सामाजिक र पारिवारिक मनोविज्ञानमाथि प्रश्न उठाउँछ नै । तर समाजले चाहे यसलाइ रोक्न सकिन्छ ।

चिकित्सकका अनुसार कुनै पनि समस्या पर्दा आफूलाई हानी पुर्याउने सोच आउनु मानसिक रोग नै हो । र मानिसले मानिसक रोगकै कारण आत्महत्या गर्छ । त्यसैले आत्महत्या गर्नुअघिका सङ्केत पहिचान गर्न सके धेरैको ज्यान जोगाउन सकिन्छ ।

जीवन नै संघर्ष हो । र यसका धेरै सुन्दर पाटा छन् । समस्याबाट भाग्ने भन्दा पनि ती समस्यासँग जुधेर समाधान गर्नु नै बुद्धिमानी हुन्छ । भनिन्छ नि बाँचे संसार जितिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *