Political Hightlights

राजधानीमा सरकारविरुद्ध नेविसंघको विरोध प्रदर्शन

हिमालय टिभी
२०७७ असार १ गते १८:१६
राजधानीमा सरकारविरुद्ध नेविसंघको विरोध प्रदर्शन

१ असार, २०७७ काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आइतबार राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

कोरोना नियन्त्रणका लागि भएको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने, अस्पताल र क्वारन्टिाइनहरुको सुविधा विस्तार गर्नुपर्ने माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गरी पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने मागसहित प्रदर्शन गरिएको नेविसंघ अध्यक्ष राजीव ढुंगानाले बताउनुभयो । जनता मरेपछि पीसीआर परीक्षण हुने प्रवृत्तिको अन्त्य गर्दै रुकुम घटनाका दोषीलाई कडा कारवाही हुनुपर्ने माग उहाँले गर्नुभयो ।

नेविसंघ महामन्त्री मनोज वैद्यले जनताको मत लिएर जनता अप्ठ्यारोमा परेका बेला सहयोग गर्न नसक्ने सरकारले राजीनामा दिनुपर्ने बताउनुभयो ।

बिजुली बजारबाट नाराबाजी गर्दै विद्यार्थीहरु बानेश्वर पुगेका थिए । ‘हेलो प्रधानमन्त्री ज्यू अब त उठ्नुस, भाषण होइन रासन दिनुस, सरकार १० अर्बको हिसाब खोइ ?, लाठी खान तयार छौँ साथी, हामी बुझ्छौँ तिमीलाई जवाफ दिनुपर्छ माथी, निन्द्रा तिमीलाई पनि पटक्कै नलाग्दो हो सुत्न खोज्दा राती’ नारा लेखिएका प्लेकार्डहरु प्रदर्शनकारीहरुले बोकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्