समाज

एकाएक हटस्पट बनेको नरैनापुरमा कसरी भयो कोरोना नियन्त्रण ?(भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १ गते १५:५७
एकाएक हटस्पट बनेको नरैनापुरमा कसरी भयो कोरोना नियन्त्रण ?(भिडियोसहित)

१ असार, २०७७ नेपालगञ्ज । भारतबाट फर्कने युवाको संख्या घट्दै गए पछि बाँकेको नरैनापुरका १५ वटा क्वारन्टिनस्थल मध्ये ११ वटा बन्द भएका छन । क्वारन्टिनमा बस्नेको संख्या ७ हजार ८ सयबाट घटेर करिब १ सयमा झरेको छ । जेठमा दोस्रो साता नेपालमै सबैभन्दा बढी संक्रमित फेला परेको बाँकेको नरैनापुरमा यो तीन हप्तामा नियन्त्रणमा आयो । कसरी भयो त नरैनापुरमा कोरोना नियन्त्रण ?

जेठ पहिलो र दोस्रो साता बाँकेको नरैनापुरमा १ सय १८ जना संक्रमित फेला परे । अन्तिम हप्तासम्म आइपुग्दा कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको नरैनापुरका सबै संक्रमित निको भएर आइसोलेशन स्थलबाट घर फर्किए । जेठको २० गते पछि नरैनापुरमा नयाँ संक्रमित थपिएका छैनन् ।

भारतको महाराष्टबाट दैनिक ३(४ सय युवा घर फर्किन थाले पछि जेठको पहिलो साता नरैनापुर भद्रगोल र अस्तब्यस्त भयो । जेठ ४ गते एक युवाको क्वारन्टिनमै मृत्यु भयो । त्यसपछि अबस्था झनै भयाबह बन्यो । जेठ ११ गते नरैनापुर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर नेपाली सेनापरिचालन गरियो । सेनाले नरैनापुरमा क्वारन्टिनमा रहेका युवालाई सम्झाउने, भागेर राती घरजाने र बिहान फर्कने , क्वारन्टिनमैमै पुगेर आफन्तले भेट्ने कार्यमा कडाई गर्दा कोरोना नियन्त्रणमा सहयोग पुग्यो ।

नरैनापुरमा अहिले कोरोनाको ठूलो समस्या छैन । सुरक्षित र नियन्त्रित अवस्थामा छ । कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय सरकारले गरेको कामले नतिजा दिएको छ । अहिले त्यहाँ बिद्युत सडक र कृषिका काम तिब्र गतिमा अगाडि बढेका छन ।

कोरोना संक्रमितको संख्या एक सय नाघे पछि भय र त्रासको अबस्थामा रहेको नरैनापुरको जनजीबन संक्रमित सबै निको भएर घर फर्किए पछि सामान्य बन्दै गएको छ । कोरोना नियन्त्रण भए पनि के खाने भन्ने समस्याले गरिब तथा बिपन्न परिबार चिन्तामा छ ।

नरैनापुरमा अहिलेसम्म ९ सय ९६ जनाको पिसिआर र ७ सय ८५ जनाको आरडिटी टेष्ट भै सकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *