Main News

उपत्यका प्रवेशमा थप कडाइ, पास नभएकालाई नाकाहरुबाटै फिर्ता पठाइँदै

हिमालय टिभी
२०७७ असार १ गते १२:२०
उपत्यका प्रवेशमा थप कडाइ, पास नभएकालाई नाकाहरुबाटै फिर्ता पठाइँदै

१ असार, २०७७ काठमाडौं । सरकारले उपत्यका प्रवेशमा कडाइ गर्ने निर्णय गरेलगत्तै नाकाहरुमा चेकजाँच पनि कडा पारिएको छ ।

काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा प्रहरीहरुले सवारी पास नभएका दुई पांग्रे तथा चार पांग्रे गाडीहरुलाई फर्काइदिएका छन् । हरेक गाडीहरुलाई रोकेर प्रहरीले जाँच गरिरहेका छन् ।

सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ । काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको थियो ।

गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्नेछ ।

त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यलाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *